शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

आईपीएलमा आज : बलियो हैदराबादलाई कमजोर बैंगलुरुको चुनौती

सोमबार, ०३ वैशाख २०८१, १० : ०४
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दैछ । जारी सिजनको आईपीएलमा बैंगलुरु सबैभन्दा कमजोर टोलीको रूपमा देखिएको छ ।

बैंगलुरु र हैदराबादबिचको खेल राति ७ः४५ बजे बैंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा सुरु हुनेछ । जारी सिजनको आईपीएलमा हैदराबादको यो छैटौँ खेल हो । हैदराबादले यसअघि खेलिएको पाँचमध्ये तीन खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।

हैदराबाद ६ अंकसहित तालिकाको चोथो स्थानमा छ । हैदराबाद आफ्नो पहिलो खेलमा कोलकाता नाइट राइडर्ससँग चार रनले पराजित भएको थियो । दोस्रो खेलमा हैदराबादले मुम्बई इन्डियन्सलार्य ३१ रनले हराएको थियो ।

यसैगरी सनराइजर्स हैदराबादले आफ्नो तेस्रो खेलमा गुजरात टाइटन्ससँग सात विकेटले हारेको थियो । चौथो खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई पराजित गरेको थियो । पाँचौँ खेलमा पनि हैदराबादले पञ्जब किङ्सलाई हराएको थियो ।

सिजनको सुरुआतदेखि नै निराशाजनक प्रदर्शन गर्दै आएको बैंगलुरुको भने यो सातौँ खेल हो । बैंगलुरु यसअघि खेलिएको ६ मध्ये पाँच खेलमा पराजित भएको छ । एक खेलमा भने बैंगलुरुले सफलता हात पारेको छ ।

बैंगलुरु केवल दुई अंकसहित तालिकाको सबैभन्दा तल अर्थात १०औँ स्थानमा छ । बैंगलुरुलाई पहिलो खेलमा चेन्नई सुपर किङ्सले ६ विकेटले हराएको थियो । दोस्रो खेलमा बैंगलुरुले पञ्जाब किङ्सलाई हराएको थियो । त्यसपछि लगातार चार खेलमा बैंगलुरु पराजित हुँदै आएको छ ।

बैंगलुरुलाई तेस्रो खेलमा कोलकाता नाइट राइडर्सले सात विकेटले हराएको थियो । चौथो खेलमा बैंगलुरुलाई लखनउ सुपर जाइन्ट्सले २८ रनले पराजयको स्वाद चखाएको थियो । बैंगलुरु पाँचौँ खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले र छैटौँ खेलमा मुम्बई इन्डियन्ससँग सात विकेटले हारेको थियो ।

  • हेड टु हेडमा हैदराबाद अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म यी दुई टोलीबिच कुल २३ खेल खेलिएको छ । त्यसमध्ये १२ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई हराएको छ । १० खेलमा बैंगलुरुले हैदराबादलाई पराजित गरेको छ । बाँकी एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।

बैंगलुरुको घरेलु मैदानमा हालसम्म यी दुई टोलीबिच कुल आठ खेल खेलिएको छ । त्यसमध्ये पाँच खेलमा बैंगलुरुले हैदराबादलाई हराएको छ । दुई खेलमा भने हैदराबाद विजयी भएको छ । यही स्टेडियममा एक खेल अनिर्णीत रूपमा सकिएको थियो ।

  • विराट कोहलीको नाममा सर्वाधिक रन

जारी सिजनको आईपीएलमा विराट कोहली रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनी जारी सिजनको आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले हालसम्म ६ खेलमा कुल तीन सय १९ रन बनाइसकेका छन् ।

यश दयाल बैंगलुरुका लागि सबैभन्दा बढी विकेट लिने बलर हुन् । उनले हालसम्म पाँच विकेट लिएका छन् ।

  • हैदराबादको सर्वाधिक विकेट प्याट कमिन्सको नाममा

इन्डियन प्रिमियर लिगको १७औँ सिजनमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हेनरिच क्लासन हुन् । उनले हालसम्म टोलीका लागि एक सय ८६ रन बनाइसकेका छन् ।

pat cummins

हैदराबादका लागि सर्वाधिक विकेट लिने बलर प्याट कमिसन्स हुन् । उनले कुल ६ विकेट लिएका छन् ।

  • ब्याट्सम्यानलाई साथ दिने पिच

सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंगलुरुबिच सोमबारको खेल हुने एम चिन्नास्वामी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई सहयोग पु¥याउने प्रकृतिको छ । यो पिचबाट बलरहरुले खासै सहयोग पाउँदैनन् ।

rcb

यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९१ खेल खेलिएको छ । त्यसमध्ये ३८ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ । ४९ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोली विजयी भएको छ । चार खेल अनिर्णीत रूपमा सकिएको छ ।

  • मौसम सफा रहने

रोयल च्यालेन्जस बैंगलुरु र सनराइजर्स हैदराबादबिच खेल हुने दिन सोमबार बैंगलुरुको मौसम सफा रहने छ । वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार बैंगलुरुको तापमान २१ देखि ३६ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

  • सम्भावित टोली

रोयल च्यालेन्जर्स बैंगलुरु :फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक्स, रजत पाटिदार, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रिसे टप्ली, विजयकुमार वेशाख, आकाश दीप र मोहम्मद सिराज । इम्प्याक्ट प्लेयर :सौरव चौहान ।

सनराइजर्स हैदराबाद :प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडन मारक्रम, शाहबाज अहमद, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, नितिशकुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक कारकंडे । इम्प्याक्ट प्लेयर :जयदेव उनादकट । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप