बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा पूर्वसांसद प्रमोद साहमाथि आक्रमण, ३ जना पक्राउ

सोमबार, ०३ वैशाख २०८१, १० : १२
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ । सर्लाहीमा पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आक्रमणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।

ईश्वरपुर नगरपालिका–६ घर भएका साहमाथि वैशाख २ मा राति लालबन्दी नजिकै आक्रमण भएको हो । उनको निधार र टाउकोमा ७ वटा टाँका लगाइएको छ । आक्रमणमा संलग्न आरोपमा स्थानीय अर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेका छन् । आक्रमणमा संलग्न ४ जना फरार छन् ।

स्थानीय राजेन्द्र महतो लालबन्दीस्थित आफ्नो खेतमा पानी पटाएर फर्किँदै थिए । मोटरसाइकलमा आएका महतोलाई युवाहरूले रोकेपछि विवाद भएको थियो । विवादको बिचमा आफूलाई आक्रमण गरेपछि महतोले सांसद साहलाई फोन गरेर बोलाएका हुन् । दुवै पक्षको बिचमा विवाद बढेपछि झगडा हुँदा पूर्व सांसद साहसहित निकेश साह, रवि पासवान र राजेन्द्र महतो घाइते भएका छन् ।

सांसद साहको सुरुमा बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार गरेर काठमाडौँमा रिफर गरिएको छ । आरोपीहरू विरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप