सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पूजा हेगडेले मुम्बईमा किनिन् ४५ करोडको घर

सोमबार, ०३ वैशाख २०८१, १३ : २५
सोमबार, ०३ वैशाख २०८१

मुम्बई । भारतीय अभिनेत्री पूजा हेगडेले मुम्बईमा ४५ करोड भारुको घर किनेकी छिन् । ईटाइम्सको एउटा रिपोर्टका अनुसार अभिनेत्रीले मुम्बईको बान्द्रामा समुद्रतिर मोहडा फर्किएको एउटा बंंगला किनेकी हुन् । 

यो बंगलामा ४ हजार स्क्वायर फिटको लिभिङ स्पेस भएको बताइएको छ । अभिनेत्री तर्फबाट भने यो खबरको आधिकारिक पुष्टि भएको छैन ।

पूजा अहिले बान्द्रामै थ्रीबीएचके अपार्टमेन्टमा बस्दै आएकी थिइन् । यसको मूल्य ६ देखि ८ करोड भारु रहेको बताइएको छ । यो फ्ल्याट बाहेक पूजासँग पोर्श केयेन जस्ता लक्जरी कार पनि छ । यो कारको मूल्य करिब २ करोड भारु रहेको छ । यस बाहेक अभिनेत्रीसँग ८० लाख भारुको आउडी क्यू७ र ६० लाख भारुको ज्यागुआर छ । मिडिया रिपोर्टका अनुसार अभिनेत्रीको नेटवर्थ झन्डै ५१ करोड भारु रहेको छ ।

‘मोहेन्जो दारो’बाट बलिउड डेब्यु

पूजाको आगामी फिल्म देवा हो । यसमा उनी शाहिद कपूरको अपोजिटमा देखिँदैछिन् । पूजाले सन् २०१६ मा रिलिज भएको फिल्म ‘मोहेन्जो दारो’बाट ऋतिक रोशनको साथमा बलिउडमा डेब्यु गरेकी थिइन् । 

यसअघि उनले तीन साउथ फिल्ममा काम गरेकी थिइन् । पूजाले ‘हाउसफुल ४’, ‘राधे श्याम’, ‘सर्कस’ र ‘किसी का भाइ किसीकी जान’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप