मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेले अब दुनियाँलाई ढाँट्न हुँदैन, स्पष्टीकरण दिनुपर्छ : एमाले नेता पोखरेल

मङ्गलबार, ०४ वैशाख २०८१, १७ : १७
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ ।  नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्द पोखरेलले वर्तमान गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा समाचार आएको भन्दै उनले आजै पत्रकार सम्मेलन गरेर सत्यतथ्य स्पष्टीकरण दिनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे । उनले भने, ‘उहाँ (गृहमन्त्री) ले भुक्तानी लिएको र कारोबार गरेको हो भने अब दुनियाँलाई ढाँट्नु हुँदैन । उहाँ निर्वाचन लड्दाखेरि पुराना पार्टी, गभर्नेन्स र भ्रष्टाचारको विरुद्ध भनेर चुनाव लड्नुभयो । त्यो चुनाव लडेको इथिक्स छ भने उहाँले आज बेलुकै आफ्नो स्थिति सार्वजनिक गर्नुपर्छ ।’

कसैले गल्ती, भ्रष्टाचार र बदमासी गर्छ भने त्यसलाई एमालेले काँध थाप्न जरुरी नभएको उनले बताए ।

यस्तै उनले ०७९ को निर्वाचनयता तात्त्विक भिन्नता नरहेको भन्दै अहिले देखिएको राजनीतिक अस्थिरताको अन्त्यको लागि पनि सदनमा कमभन्दा कम दलको प्रतिनिधित्व हुनुपर्ने वकालत गरे  । उनले भने,‘अहिले मुलुकमा आर्थिक, राजनीतिक, सांस्कृतिक र सामाजिक स्थितिमा खासै परिवर्तन आएको छैन । अहिलेपनि राजनीतिक अस्थिरता कायमै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप