प्रेमी विष्णुसँग आज लगनगाँठो कस्दै एलिना
बुधबार, ०५ वैशाख २०८१, ०७ : ५१
काठमाडौँ । चर्चित गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।
विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् ।
एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीबारे एप्पलविरुद्धको मुद्दा खारेज
-
रौतहटमा आत्मदाहको प्रयास गरेका सहनीको वीर अस्पतालको आइसीयूमा उपचार
-
भारतीय गोलभेँडाको दबदबा: बजार भाउ १० रुपैयाँ मुनि झरेपछि नेपाली किसान आन्दोलित
-
पुराना दलहरूप्रति असन्तुष्टि किन बढ्यो ?
-
काठमाडौँमा निःशुल्क स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण, ९० जनामा एचपीभी पोजेटिभ
-
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण