मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : मधेश प्रदेशको लगातार दोस्रो जित

बुधबार, ०५ वैशाख २०८१, १२ : ३७
बुधबार, ०५ वैशाख २०८१

काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको दोस्रो दिन बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको छ । जारी प्रतियोगितामा मधेश प्रदेशको यो दोस्रो जित हो । 

यसअघि मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लुम्बिनी प्रदेशको भने यो पहिलो हार हो । यसअघि मंगलबार खेलिएको आफ्नो पहिलो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो ।  

वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगिताको बुधबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो । लुम्बिनी प्रदेशका लागि आकाश त्रिपाठीले ४३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ३२ बलमा चार चौका पनि प्रहार गरेका थिए । 

कप्तान देव खनाले पनि टोलीको खातामा २३ रन थपे । कृष्ण कार्कीले १७, विराट भण्डारीले अविजित १८ र ओपनर मृनाल गुरुङले १० रन बनाए । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा पनि १९ रन पाएको थियो । मधेश प्रदेशका बलर प्रदीप पासवानले दुई विकेट लिए । रंजितकुमार र रुपेश सिंहले पनि एक(एक विकेट हात पारे । 

त्यसअघि पहिले ब्याटिङ गरेको मधेश प्रदेशका लागि अरनिको यादव र मयान यादवले अर्धशतक बनाएका थिए । अरनिको यादवले ५१ रन बनाए । उनले केवल २२ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । 

मयान यादवले पनि ४२ बलको सामना गरी एक छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए । ओपनर साहिल पटेलले २४ रन जोडे । विशाल सुसलिङले १८ रन बनाए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

मधेश प्रदेशले अतिरिक्त रूपमा पनि ६ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर निर्मल गुरुङले तीन विकेट लिए । उनले चार ओभरमा ३२ रन खर्चिएका थिए । कृष्ण कार्की र अभिषेक गौतमले पनि दुई–दुई विकेट हात पारे । नर सार्कीले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप