मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबारदेखि दोस्रो ओखलढुङ्गा महोत्सव

बुधबार, ०५ वैशाख २०८१, २२ : ५५
बुधबार, ०५ वैशाख २०८१

ओखलढुङ्गा । दोस्रो ओखलढुङ्गा महोत्सव आजदेखि सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायतका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । 

महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको आकर्षणका रुपमा दैनिक कलाकारहरुको प्रस्तुति, जातीय समुदायको झाँकी, स्थानीय उत्पादन र एक सय ५० भन्दा बढी औद्योगित स्टलहरु रहेका छन् ।

जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप