बुधबारदेखि दोस्रो ओखलढुङ्गा महोत्सव
बुधबार, ०५ वैशाख २०८१, २२ : ५५
ओखलढुङ्गा । दोस्रो ओखलढुङ्गा महोत्सव आजदेखि सुरु भएको छ । जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटीलगायतका उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सव १० दिनसम्म सञ्चालन हुने आयोजक ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको आकर्षणका रुपमा दैनिक कलाकारहरुको प्रस्तुति, जातीय समुदायको झाँकी, स्थानीय उत्पादन र एक सय ५० भन्दा बढी औद्योगित स्टलहरु रहेका छन् ।
जिल्लाको विकास र पर्यटन प्रवद्र्धनमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
अन्तरजातीय विवाह गरेका २५ जोडी नगदसहित सम्मानित
-
नौबिसे–मलेखु सडक विस्तारको भौतिक प्रगति ६० प्रतिशत
-
चौबीस घण्टामा दुई हजारभन्दा बढी सवारी चालक कारबाहीमा
-
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
-
यात्रा गर्दै हुनुहुन्छ ? यी राजमार्ग र भित्री सडकहरू छन् पूर्ण रूपमा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण