वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट : लुम्बिनीले सजिलै हरायो कर्णालीलाई
काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको तेस्रो दिन बिहीबार खेलिएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सात विकेटले हराएको छ । जारी प्रतियोगितामा तीन खेल खेलेको लुम्बिनीको यो दोस्रो जित हो ।
लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा भने लुम्बिनी प्रदेश मधेश प्रदेशसँग २७ रनले पराजित भएको थियो । कर्णाली प्रदेशको भने यो पहिलो खेल हो । वीर गणेशमान सिंह स्पोर्टस कमिटीद्वारा आयोजित उक्त प्रतियोगिताको बिहीबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले १६.४ ओभरमा अलआउट हुनुअघि ८१ रनमात्र बनाउन सकेको थियो ।
काठमाडौँको मुलपानी क्रिकेट रंगशालामा खेलिएको खेलमा जवाफी ब्याटिङमा खेलिएको लुम्बिनी प्रदेशले भने १२.२ ओभरमा केवल तीन विकेट गुमाएर ८४ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । लुम्बिनी प्रदेशको जितमा कप्तान देव खनालले अर्धशतकीय पाली खेले ।
ओपनर ब्याट्सम्यान देबले केवल २९ बलको सामना गरी एक छक्का र सात चौकाको मद्दतले अविजित ५१ रन बनाएका हुन् । अर्का ओपनर मृनाल गुरुङले पनि १३ रन बनाए । विराट भण्डारी १० रनमा अविजित रहे । आकाश त्रिपाठीले चार रन बनाए भने सुनिल भण्डारी खाता खोल्नुअघि नै पेभेलियन फर्किए । लुम्बिनीले अतिरिक्त रुपमा पनि ६ रन पायो । कर्णाली प्रदेशका बलर दिवान पुनले दुई विकेट लिए । लुम्बिनीका एक ब्याट्सम्यान रन आउट भएका थिए ।
त्यसअघि ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि मध्यक्रमका ब्याट्सम्यान अर्जुन घर्तीले सर्वाधिक २८ रन बनाएका थिए । कप्तान दिवान पुनले १२ र दीपेन्द्र रावतले ११ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशले अतिरिक्त रुपमा नौ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर देब खनाल, अभिषेक गौतम र वीर मगरले दुई–दुई विकेट लिए । निर्मण गुरुङ, कृष्ण कार्की र नर सार्कीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण