कर्णालीका यातायात व्यावसायी आन्दोलीत, भन्छन् सरकारलाई घूँडा टेकाउछौँ
सुर्खेत । कर्णालीका यातायात व्यवसायीयले राज्यले नै सिन्डिकेट लाद्न खोजेको भन्दै सरकारको घुडा टेकाउने उद्घोष गरेका छन् । मंगलवार सुर्खेतमा आयोजित यातायात व्यवसायी आन्दोलनका सहभागिले सरकारले व्यवसायिहरुलाई निरुत्साहित गरेको र त्यसका विरुद्ध लाग्ने अडान लिएको बताएका छन् ।
मध्यपश्चिम यातायात व्यवसायी संघका अधयक्ष विष्णु खड्काले भने,‘राज्यलेनै सिन्डिकेट कायम राख्न खोजेको छ सरकारमा सिन्डिकेट, पार्टिमा सिन्डिकेट हरेक व्यवसायहरुमा सिन्डिकेटको प्रशय सरकारले नै गरेको छ ।’
सरकारले पूर्ण विमा लागू गर्ने वित्तिकै धेरै समस्या समाधान हुने उनको भनाई थियो । तर सरकार नै त्यो लागू गर्न नमान्ने भन्दै सरकार नै माफियाहरु मार्फत गाडी भित्राएर कमिसनको चंगुलमा फसेको आरोप व्यवसायीको छ । व्यवसायीले विभिन्न चरणमा आन्दोलनको घोषणा गरेका छन् जसमा बैशाख १४ र १५ गते क्यू फ्रि गरेर जसलाई जुन रुटमा सवारी चलाउन मन लागेको छ सो रुटमा सवारी चलाउन दिने, १६ गते यातायात कार्यालय घेराउ गर्ने, १७, १८ र १९ गते प्रचारप्रसार गर्ने, २१ गते आ–आफ्नो गाडीहरुलाई घर वा ग्यारेजमा थन्काउने लगाएतका कार्यक्रम तय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण