लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । यस अघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्य बनेको हो । आज महराले मन्त्रिपरिषद्मा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई नियुक्त गरेका हुन् ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले विना विभागीय मन्त्रीमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई पनि मन्त्रालयको जिम्मेवारी दिएका छन् । आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण