लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले लिए शपथ
बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज ७ जनालाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए । यस अघि ४ सदस्यीय मन्त्रीमण्डल रहेको लुम्बिनीमा अब ११ सदस्य बनेको हो । आज महराले मन्त्रिपरिषद्मा एमालेबाट दिनेश पन्थी,अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी,स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादी पार्टीबाट भगवती अधिकारीलाई नियुक्त गरेका हुन् ।
चैत २३ मा मुख्यमन्त्री नियुक्त भएका महराले विना विभागीय मन्त्रीमा एमालेबाट चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिरलाई पनि मन्त्रालयको जिम्मेवारी दिएका छन् । आचार्यलाई अर्थ, पुनलाई स्वास्थ्य र अहिरलाई कृषि मन्त्रीको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव सापकोटाको मन्त्रीलाई प्रश्न : काम नगर्ने कति ठेकेदारलाई कारबाही गरियो ?
-
कुशल भुर्तेलले लिए वेस्ट इन्डिजको दोस्रो विकेट
-
प्रदीपको ‘ऐरी’ मा ‘जवान’ अभिनेता सांगेको इन्ट्री
-
प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता
-
‘पुँजीवादी सङ्कटले कि समाजवादी शक्तिहरूलाई स्पेस दिन्छ कि अर्को हिटलरको उदय हुन्छ’
-
नेपाल इन्स्योरेन्सले १०ः४ रेसियोमा हकप्रद सेयर जारी गर्ने