उसुमा बागमती र कबड्डीमा सुदूरपश्चिम टिम च्याम्पियन
काठमाडौँ । बागमती प्रदेश राष्ट्रपति रनिङ सिल्डको उसुमा टिम च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको प्रतियोगितामा बागमतीले पाँच स्वर्ण, पाँच रजत र दुई कांस्य पदक जित्यो ।
सुदूरपश्चिम दोस्रो र कोशी प्रदेश तेस्रो भए । सुदूरपश्चिमले पाँच स्वर्ण, तीन रजत र तीन कांस्य जित्यो । कोशीले समान दुई स्वर्ण र कांस्य हात पार्यो । उसुमा कुल १२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । तीमध्ये अन्तिम दिन ८ स्वर्णको टुंगो लागेको हो । बिहीबार सान्सौंको छात्र ४२ केजीमा सुदूरपश्चिमका सुशान्त चौधरी र ४५ केजीमा सुदूरपश्चिमका मोहन विष्टले स्वर्ण पदक जिते ।
छात्रकै ४८ केजीमा बागमतीका अरुण सुनार स्वर्ण पदक प्राप्त गर्न सफल भए । सान्सौंकै छात्रा ४२ केजीमा सुदूरपश्चिमकी दीक्षा साउद, ४५ केजीमा सुदूरपश्चिमकी सपना कार्की र ४८ केजीमा कोशीकी सरु राई पहिलो भए । छाङछ्वानको पुरुषमा बागमतीका हिमान्शु खड्का तथा महिलामा सुदूरपश्चिमकी दिपिका चौधरीले शीर्ष स्थान हात पारे ।
कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि
सुदूरपश्चिम प्रदेशले १४ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा दोहोरो उपाधि जित्यो ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतिस्पर्धामा सुदूरपश्चिम छात्र/छात्रा दुवैमा स्वर्ण जित्न सफल भएको हो । छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्यो । लुम्बिनी र मधेसले कांस्य पदक जिते । छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले पनि लुम्बिनीलाई ४०–२७ ले हरायो । कर्णाली र बागमती तेस्रो भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण