५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
काठमाडौँ । दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘मेयर’को छायाङ्कन सकिएको छ । छायाङ्कन सुरु भएको ५१ औँ दिनमा फिल्म सकिएको निर्देशक खनालले जानकारी दिए । केही दिनको काठमाडाैँ छायाङ्कनपछि सर्लाही पुगेको निर्माण युनिटले सर्लाहीको विभिन्न स्थानमा छायाङ्कन गर्दै फिल्म सकाएका हुन् ।
सर्लाही जिल्ला, वाग्मती नगरपालिकाका वर्तमान मेयर भरत थापाको जीवन सङ्घर्षलाई आधार मानेर फिल्म ‘मेयर’ बनाइएको हो ।
फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरेका छन्, भने अभिनेत्री वर्षा राउतले उनको श्रीमतीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा खगेन्द्र र वर्षाको अलावा अनुप बराल, रमेश बुढाथोकी, ऋचा शर्मा, दिव्यादेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, अर्विशा थापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीलगायतको अभिनय देख्न सकिनेछ । फिल्मबाट श्रृष्टिमाँ खनाल र अर्विशा थापाले कलाकारको रुपमा डेब्यु गरेका छन् ।
फिल्मको कार्यकारी निर्माता पनि निर्देशन दीपेन्द्र के. खनाल नै हुन् । शर्मिला पाण्डे र श्रृष्टिमाँ खनाल निर्माता रहेको फिल्ममा पटकथा महेश दवाडीले लेखेका छन् । कृष्ण बहादुर थापाको छायाङ्कन रहने फिल्ममा जयन जे वाइवा र कल्याण सिंहको सङ्गीत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई नियमन गर्ने कानून बनाउने अष्ट्रेलियाको घोषणा
-
पूर्वप्रतिबद्धता अनुरूप नै कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा, अब के हुन्छ ?
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण