नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
काठमाडौँ । चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् ।
भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक प्रहरीले ‘तपाईंको नाम के हो ?’ भन्न सिकाउँछन् । त्यसपछि अक्षराले उल्टै ती प्रहरीलाई ‘तपाईंको नाम के हो ?’ भन्दै सोध्छिन् । प्रहरीले जवाफ दिन्छन्, ‘मेरो नाम सुरेन्द्र मुखिया हो ।’
अनि अक्षराले पनि मेरो नाम अक्षरा हो भन्छिन् । त्यसपछि अरूलाई पालैपालो नाम सोध्छिन् । उनले नेपाली सिकेर ‘तपाईंसँग भेटेर धेरै खुसी लाग्यो’ भन्दै सेल्फी खिचेर बिदा हुन्छिन् । उनले आफूलाई फेरि नेपाल बोलाउन पनि आग्रह गर्छिन् । भोजपुरी फिल्ममा सक्रिय अक्षराले कयौँ पुरस्कार पनि हासिल गरेकी छन् । उनको तबादला, सरकार राजजस्ता चलचित्रहरू चर्चित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण