शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली

शनिबार, ०८ वैशाख २०८१, १४ : ००
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विरोधीहरूले मिथ्या र भ्रामक सूचनाको प्रचार गरेर आक्रमण गरिरहेको बताएका छन् । शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टी एकता हुन नदिने प्रयास पनि भइरहेको बताए । 

पार्टीमा नीति र नेतृत्वको बारेका कुनै विवाद नरहे पनि अनुचित महत्त्वाकाङ्क्षाहरू झाँगिँदै गएर तिनले गुटबन्दीको रूप लिन नपाउन र लोकतन्त्रको अभ्यास गर्दा त्यसले ठुलो रूप लिन नपाओस् भनेर सजग हुनुपर्नेमा जोड दिए ।   

वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एक भएको पार्टी आजको आवश्यकता रहेको अध्यक्षले ओलीले बताएका छन् । 

उनले मिथ्या सूचना र भ्रामक प्रचारलाई विपक्षीहरूले हतियार बनाइरहेको सन्दर्भमा नयाँ प्रविधि, संयन्त्र र माध्यमहरूबाट पार्टीको प्रचार कार्यलाई तीव्र र प्रभावकारी बनाउनुपर्ने बताए । 

पार्टीको हरेक नेता आफैँमा शिक्षक, प्रचारक हुन भन्ने तथ्यलाई हमेसा हेक्का राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप