पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी विरोधीहरूले मिथ्या र भ्रामक सूचनाको प्रचार गरेर आक्रमण गरिरहेको बताएका छन् । शनिवार गोदावरीमा चलिरहेको नेकपा एमालेले प्रतिनिधि परिषद् बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टी एकता हुन नदिने प्रयास पनि भइरहेको बताए ।
पार्टीमा नीति र नेतृत्वको बारेका कुनै विवाद नरहे पनि अनुचित महत्त्वाकाङ्क्षाहरू झाँगिँदै गएर तिनले गुटबन्दीको रूप लिन नपाउन र लोकतन्त्रको अभ्यास गर्दा त्यसले ठुलो रूप लिन नपाओस् भनेर सजग हुनुपर्नेमा जोड दिए ।
वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपमा एक भएको पार्टी आजको आवश्यकता रहेको अध्यक्षले ओलीले बताएका छन् ।
उनले मिथ्या सूचना र भ्रामक प्रचारलाई विपक्षीहरूले हतियार बनाइरहेको सन्दर्भमा नयाँ प्रविधि, संयन्त्र र माध्यमहरूबाट पार्टीको प्रचार कार्यलाई तीव्र र प्रभावकारी बनाउनुपर्ने बताए ।
पार्टीको हरेक नेता आफैँमा शिक्षक, प्रचारक हुन भन्ने तथ्यलाई हमेसा हेक्का राख्नुपर्ने उनले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले साउन ३ गतेसम्म थप्यो सदस्यता वितरणको समय
-
५० वर्षको भयो अमेरिका, तर विभाजनको राजनीति जस्ताको त्यस्तै
-
मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड
-
माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन् : प्रचण्ड
-
पानी पर्न थालेपछि डेङ्गुको जोखिम बढ्यो
-
सामुदायिक विद्युतीकरणः योगदानको सम्मान र भविष्यको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण