शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नको शानदार जितमा केनको गोल

आइतबार, ०९ वैशाख २०८१, ०९ : २५
आइतबार, ०९ वैशाख २०८१

म्युनिख । ह्यारी केनले बुन्डेस लिगमा ३३ औँ गोल गर्दा बायर्न म्युनिखले युनियन बर्लिनविरुद्ध ५–१ को सहज जित हासिल गरेको छ । 

खेलको २९ औँ मिनेटमा लियोन गोर्टेज्काले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि बायर्नले गोल वर्षा जारी राख्यो । थोमस मुलरले दुई गोल थपे भने म्याथस टेलले एक गोल गरे । योर्बे भरटेसेनले खेलको अन्त्यमा बर्लिनका लागि सान्त्वना गोल गरे ।

लिग गुमाइसकेको बायर्न यो सिजन दोस्रो स्थानमा कायम रहन प्रयासरत छ । टोली ३० खेलबाट ६६ अङ्क बटुल्दै तालिकामा तेस्रो स्थानमा रहेको स्टुटगार्टभन्दा ३ अङ्कले अघि छ । यद्यपि, स्टुटगार्टले एक खेल कम खेलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप