बायर्नको शानदार जितमा केनको गोल
आइतबार, ०९ वैशाख २०८१, ०९ : २५
म्युनिख । ह्यारी केनले बुन्डेस लिगमा ३३ औँ गोल गर्दा बायर्न म्युनिखले युनियन बर्लिनविरुद्ध ५–१ को सहज जित हासिल गरेको छ ।
खेलको २९ औँ मिनेटमा लियोन गोर्टेज्काले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा फ्रि–किकबाट गोल गर्दै केनले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा पनि बायर्नले गोल वर्षा जारी राख्यो । थोमस मुलरले दुई गोल थपे भने म्याथस टेलले एक गोल गरे । योर्बे भरटेसेनले खेलको अन्त्यमा बर्लिनका लागि सान्त्वना गोल गरे ।
लिग गुमाइसकेको बायर्न यो सिजन दोस्रो स्थानमा कायम रहन प्रयासरत छ । टोली ३० खेलबाट ६६ अङ्क बटुल्दै तालिकामा तेस्रो स्थानमा रहेको स्टुटगार्टभन्दा ३ अङ्कले अघि छ । यद्यपि, स्टुटगार्टले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? हो, प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
-
ईम्पेरियल इन्जिनियरिङ कलेजको नेतृत्वमा इन्जिनियरिङ काउन्सिलका पूर्व रजिष्ट्रार नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण