सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
आइतबार, ०९ वैशाख २०८१, १२ : १२
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य उच्च बिन्दुमा पुगेर रोकिएको जनाएको छ । महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको हो । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३८ हजार ६५० रुपैयाँ कायम छ । पछिल्लो समय सुनको मूल्य निरन्तररुपमा बढ्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत परेको हो ।
सुनसँगै चाँदीको मूल्यमा समेत वृद्धि आइरहेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । यससँगै चाँदीको मूल्य तोलामा १७ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १७ सय २० रुपैयाँ कायम थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण