पाल्पामा बालिकामाथि जबरजस्ती करणी
आइतबार, ०९ वैशाख २०८१, १२ : ३१

पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सारूले ती बालिकालाई गत कात्तिक १३ गते पीडितकै घरमा जबरजस्ती करणी गरेको र सोही कारण बालिकाको पेटमा गर्भ रहन गएको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुँगीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको समस्याको जरो : नयाँ व्यवस्था, पुरानै सोच
-
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू
-
विद्यार्थी राजनीतिको मेरुदण्ड : उमेर, वैचारिक दृढता, शैक्षिक संलग्नता कि नेतृत्व कौशलता ?
-
जनजातिहरूको विकासका लागि गम्भीर हुन राष्ट्रिय प्रतिष्ठानलाई मन्त्री गुप्ताको निर्देशन
-
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल, गृहमन्त्रीले दिए यस्तो निर्देशन