अस्पतालमा भर्ना भए मुनवर फारुकी
नयाँ दिल्ली । बिग बोस १७ का विजेता तथा स्ट्यान्डअप कमेडियन मुनवर फारुकी बिरामी परेका छन् । फारुकीले अस्पतालमा भर्ना भएर हातमा ड्रिप लिएको तस्बिर सेयर गरेका छन् । रिपोर्टका अनुसार अचानक स्वास्थ्य बिग्रिएपछि फारुकी अस्पताल भर्ना भएका हुन् ।
फारुकीले आफ्नो इन्स्टाग्राम प्रसारण च्यानलमा एक तस्बिर सेयर गरेका छन् । यस फोटोमा, कमेडियनको हातमा आईभी ड्रिप छ । यो तस्बिर सेयर गर्दै मुनब्बरले लेखेका छन्, ‘मलाई कसैको आँखा लागेको छ ।’ यो तस्बिर सार्वजनिक भएपछि फ्यानहरू फारुकीको स्वास्थ्य स्थितिलाई लिएर चिन्तित भएका छन् । धेरैले उनलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
फारुकीले फोटो सेयर गर्ने बित्तिकै इन्स्टाग्राममा ‘गेट वेल सुन मुनवर’ ह्यासट्याग ट्रेन्डिङ हुन थालेको थियो । २० अप्रिलको साँझमा फारुकीले इन्ष्टाग्राम स्टोरीमा आफ्नो मुस्कुराइरहेको तस्बिर शेयर गरेका थिए ।
यो तस्बिरमा उनले ‘यति मिठा म्यासेजका लागि धन्यवाद, रिकभरी हुँदैछ, प्रार्थना गरिरहनुहोस् ।’ लेखेका थिए । तस्बिरमा उनी टाउकोलाई हातमा ढल्काएर बसेका छन् । फारुकी यतिबेला आफ्नो पहिलो वेब सिरिज ‘फर्स्ट कपी’ को कारण चर्चामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण