१५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले प्रतिनिधि परिषद् बैठक सम्पन्न
काठमाडौँ । १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको छ ।
बैठकको अन्तिम दिन उपमहासचिव विष्णु रिमालले पार्टी सचिवालयले तयार पारेको १५ बुँदे समसामयिक प्रस्ताव वाचन गरेका थिए । प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।
बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमा आइतबार समूहगत छलफल गरेर सुझावहरू पेस भएका थिए ।
बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे बस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको बताए । उनले परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बिचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण