शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

१५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै एमाले प्रतिनिधि परिषद् बैठक सम्पन्न

आइतबार, ०९ वैशाख २०८१, १८ : १७
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सकिएको छ । 

बैठकको अन्तिम दिन उपमहासचिव विष्णु रिमालले पार्टी सचिवालयले तयार पारेको १५ बुँदे समसामयिक प्रस्ताव वाचन गरेका थिए । प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको थियो ।

बैठकको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदनसहित ६ वटा प्रतिवेदन पेस भएका थिए । ती प्रतिवेदनमा आइतबार समूहगत छलफल गरेर सुझावहरू पेस भएका थिए ।

बैठकको समापन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दसौँ महाधिवेशन यता पार्टीले गरेका काम कारबाही र आगामी दिनमा गर्नुपर्ने कामहरूबारे बस्तुनिष्ठ समीक्षा गर्न परिषद् बैठक सफल भएको बताए । उनले परिषद् बैठकले गरेका निर्णयहरू पार्टीका लागि मार्गदर्शक बन्न सक्ने भन्दै यो बिचमा एमालेले थालनी गरेका कामहरूलाई एमालेले गर्नसक्ला भनेर प्रश्न गरेपनि थालेका कामहरू सफलतापूर्वक सम्पन्न गर्न सफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप