अनलाइन सट्टेबाजीमा संलग्न १५ जना पक्राउ
आइतबार, ०९ वैशाख २०८१, १९ : ३६
बाँके । नेपालगंज उपमहानगरपालिका-१ धम्बोझीबाट विभिन्न अनलाइन माध्यमको प्रयोग गरि सट्टेबाजी (जुवा) खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरीया नगरपालिका-६ बस्ने ३८ वर्षीय बिराज पौडेल समेत १५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई सट्टेबाजीमा प्रयोग भएका मोबाइल ५६ थान, ल्यापटप १८ थान, पिओई स्विच १ थान, चार्जरहरूसहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले विभिन्न वेबपोर्टलमार्फत आइपिएल लगायत खेलहरूमा अनलाइन सट्टेबाजी गराएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बाहुबली ३’ आउने चर्चा
-
‘अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा इन्धन सस्तो भएन, सरकारले उपभोक्तामाथि अन्याय गर्यो’
-
कस्तो मौद्रिक नीति चाहन्छन् उद्योगी–व्यवसायी ?
-
५ लाख ‘ड्रोन योद्धा’ तयार गर्दै दक्षिण कोरिया
-
सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोह : २ हजार ४ सय ८९ विद्यार्थी दीक्षित
-
काठमाडौँमा दुईदिने ‘इण्डियन एजुकेशन फेयर’ सुरु, भारतीय विश्वविद्यालयबारे एकै थलोमा जानकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण