एमालेमै फर्किए रामप्रित पासवान
आइतबार, ०९ वैशाख २०८१, २० : १५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभाका पूर्वअध्यक्ष रामप्रित पासवान नेकपा एमालेमै फर्किएका छन् ।
गोदावरीस्थित एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापनमा समारोहमा नेता पासवान एमालेमा फर्किएका हुन् । झण्डै तीन वर्षअघि नेकपा एमाले विभाजन हुँदा पासवान माधवकुमार नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका थिए ।
नेता पासवानलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहितका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण