शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमालेमै फर्किए रामप्रित पासवान

आइतबार, ०९ वैशाख २०८१, २० : १५
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता तथा राष्ट्रियसभाका पूर्वअध्यक्ष रामप्रित पासवान नेकपा एमालेमै फर्किएका छन् ।

गोदावरीस्थित एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापनमा समारोहमा नेता पासवान एमालेमा फर्किएका हुन् । झण्डै तीन वर्षअघि नेकपा एमाले विभाजन हुँदा पासवान माधवकुमार नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पार्टीमा लागेका थिए । 

नेता पासवानलाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहितका नेताहरूले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप