नियासा र समिका राइजिङ स्टार घोषित
काठमाडौँ । आठौँ ‘राइजिङ स्टार’को उपाधि नियासा प्रधानाङ्ग र सिमिका भट्टराईले हात पारेका छन् । रेष्ट इङ्लिस स्कुल, भक्तपुर कक्षा ५ मा अध्ययनरत नियासाले जुनियर र काठमाडौँ ग्लोबल स्कुल, गोंगबु कक्षा ७ मा अध्ययनरत समिकाले सिनियर तर्फको उपाधि चुमेका हुन् ।
क्रियटिभ वर्ल्ड नेपालको आयोजनामा राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा बिजेताद्धयले नगद एक लाखसहित क्राउन र विभिन्न उपहार प्राप्त गरे । प्रतियोगितामा फस्ट रनरअप जुनियरतर्फ स्पर्श राई र सिनियरतर्फ प्रतिक जोशीले घोषित हुँदा सेकेन्ड रनरअपको उपाधि जुनियरतर्फ शाइस्ता रेग्मी र सिनियरतर्फ दिक्षा पाण्डे भए ।
प्याब्सन काठमाडौँको सहकार्य रहेको प्रतियोगितामा कक्षा २ देखि १० सम्मका विभिन्न स्कुलका विद्यार्थी सहभागी थिए । सांस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक एवं वरिष्ठ पत्रकार अशोक प्यासी राई, प्याब्सन काठमाडौँका उपाध्यक्ष सूर्य भण्डारी, राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष कवि बम बानियाँ, प्रसिद्ध गायक अशोक मुकारुङ, मिस लिटिल कन्टिनम स्कुलका एकेडेमीक डाइरेक्टर प्रभिना थापा, मिस मंगोल २०२१ की विजेता प्रिल्ला घिसिङ, राइजिङ स्टार सिजन २ का विजेता अनुष्का मानन्धर र राइजिङ स्टार सिजन ५ का विजेता प्रसून बडाल निर्णायक रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण