मादक पदार्थ सेवन गरी घरमा आगो लगाउने एक जना पक्राउ
सोमबार, १० वैशाख २०८१, १५ : ३४
बुटवल । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका– ६ रजस्थल बस्ने ५९ वर्षीय रेख बहादुर परियार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले मदिरा सेवन गरी आफ्नो घरमा आगो लगाउँदा घर जलेर पुर्णरुपमा क्षति भएको छ ।
परियारले आफ्नो घरमा आगो लगाएपछि स्थानीयका घरहरूमा पनि आगो लगाउने धम्की दिने गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।
यस्तै उनकी श्रीमती सिता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण