शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मादक पदार्थ सेवन गरी घरमा आगो लगाउने एक जना पक्राउ

सोमबार, १० वैशाख २०८१, १५ : ३४
सोमबार, १० वैशाख २०८१

बुटवल । मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगो लगाउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट गाउँपालिका– ६  रजस्थल बस्ने ५९ वर्षीय रेख बहादुर परियार रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनले मदिरा सेवन गरी आफ्नो घरमा आगो लगाउँदा घर जलेर पुर्णरुपमा क्षति भएको छ ।  

परियारले आफ्नो घरमा आगो लगाएपछि  स्थानीयका घरहरूमा पनि आगो लगाउने धम्की दिने गरेको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए ।  

यस्तै उनकी श्रीमती सिता परियारलाई जिल्ला प्रशासन कार्यालयबाट राहत उपलब्ध गराइएको  प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप