रुपन्देहीमा फरार भएका ७ जना पक्राउ
बुटवल । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरू एउटै वडा (कोटहीमाई गाउँपालिका वडा नम्बर १) का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले प्रतिवादीहरूलाई पक्राउ गरेको तथा सोमबार उनीहरूलाई जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।
- को–को पक्राउ परे ?
डीएसपी भट्टका अनुसार २०७१ चैत १९ को फैसलाले चोरी मुद्दामा १ महिना कैद र ६ हजार ९ सय ६० रुपैयाँ जरिवाना फैसला भएको कोटहीमाई–१ बस्ने प्रेम सागर यादव रहेका छन् ।
त्यस्तै २०६७ मङ्सिर २९ को फैसलाले कुटपिट लुटपाट मुद्दामा ४ सय रुपैयाँ जरिवाना भएका मंगरे लोध, सोही मितिको फैसलाले सोही मुद्दामा ४ सय जरिवाना भएका दुबर लोध, राजमति लोध, चम्पा लोध, प्रेमा लोध र आसरे लोध रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश जलाउने द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ : झाँक्री
-
५ केन्द्रीय सदस्यसहित ३३ नेता–कार्यकर्ताद्वारा विप्लव नेतृत्वको माओवादी छाडेको घोषणा
-
स्याङ्जामा जिप दुर्घटना : एक जनाको मृत्यु, २० जना घाइते
-
पार्वती’को रत्यौली गीत ‘नौतुनाको रेलैमा’ नीता र दीपाको छमछमी
-
सीमाविद् श्रेष्ठ भीमसेन थापा पुरस्कारबाट पुरस्कृत
-
सदूरपश्चिम प्रदेश सभा अन्तर्गतका समितिले के-के गरे काम ? विवरण माग्दा तर्किन्छन् सभापति र सचिवालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण