रुपन्देहीमा फरार भएका ७ जना पक्राउ

बुटवल । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले विभिन्न मुद्दामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै प्रतिवादीहरू एउटै वडा (कोटहीमाई गाउँपालिका वडा नम्बर १) का रहेका छन् ।
ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले प्रतिवादीहरूलाई पक्राउ गरेको तथा सोमबार उनीहरूलाई जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले बताए ।
- को–को पक्राउ परे ?
डीएसपी भट्टका अनुसार २०७१ चैत १९ को फैसलाले चोरी मुद्दामा १ महिना कैद र ६ हजार ९ सय ६० रुपैयाँ जरिवाना फैसला भएको कोटहीमाई–१ बस्ने प्रेम सागर यादव रहेका छन् ।
त्यस्तै २०६७ मङ्सिर २९ को फैसलाले कुटपिट लुटपाट मुद्दामा ४ सय रुपैयाँ जरिवाना भएका मंगरे लोध, सोही मितिको फैसलाले सोही मुद्दामा ४ सय जरिवाना भएका दुबर लोध, राजमति लोध, चम्पा लोध, प्रेमा लोध र आसरे लोध रहेको रुपन्देही प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुमनको ‘कान्छी द लालुपाते’ सार्वजनिक
-
फास्ट ट्र्याकबाट प्रोफेसर नियुक्त गर्न लागिएको भन्दै विरोध
-
कक्षाकोठा र न्यूजरुमबिच बढ्दो दूरी : पत्रकारिता शिक्षामा व्यवहारिकताको खडेरी
-
नेताहरूको व्यवस्थापनका लागि वाईसीएलले गर्यो विधान संशोधन
-
वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि