नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ । महाधिवेशनको तयारी, पार्टी सङ्गठन तथा जनवर्गीय सङ्गठनका कार्य प्रगतिबारे छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।
बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर महाधिवेशन प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गरिनेछ । स्थायी कमिटी बैठकले पारित गर्ने राजनीतिक, साङ्गठनिक, विधानसम्बन्धी प्रतिवेदन तथा एजेण्डालाई केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।
महाधिवेशन व्यवस्थापनका लागि गठित सबै कमिटीका तयारी, नवीकरण गरिएका सङ्गठित सदस्यका साथै नयाँ सदस्यता अनुमोदनलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे छलफल हुने नेता गौतमले जानकारी दिए ।
आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्न लागेको उक्त पार्टीले यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण