डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
काठमाडौँ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्या फिल्म ‘एक्टर’बाट अभिनेत्रीको रूपमा डेब्यु गर्दै छिन् । फिल्मको मङ्गलवार एक कार्यक्रमकाबीच शुभ मुहूर्त भएको छ ।
मुहूर्त कार्यक्रममा उनी पनि सहभागी थिइन् । कार्यक्रममा फिल्मका लागि आफू निकै उत्साहित रहेको उनले बताइन् । दिव्या लामो अमेरिका बसाइपछि नेपाल आएकी हुन् । नेपाल फर्किएको विषयमा उनले भनिन्, ‘जन्मभूमिलाई कर्मभूमि बनाउन मन थियो । त्यसैले फर्किएँ ।’
‘मलाई बच्चादेखि नै फिल्ममा अभिनय गर्ने मन थियो’, उनले भनिन्, ‘पहिले देखिनै यसका लागि विभिन्न तयारी गरेकी छु ।’ अमेरिकामा रहँदा आफूले अभिनयका विभिन्न विधा समेत सिकेको उनले खुलाइन् ।
फिल्ममा दिव्या अभिनेता प्रदीप खड्काको जोडीको रूपमा देखिँदै छिन् । फिल्म ‘प्रेमगीत’ फिल्म हेरे देखिनै आफू प्रदीपको फ्यान भएको बताएकी उनले भनिन्, ‘प्रदीपसँग जोडी बाँध्न पाउनु गर्भको कुरो हो ।’
हुन त दिव्याको यसअगाडि पनि फिल्ममा डेब्युको कुरो आएको थियो । तर हुन सकेन । आफूलाई पहिले देखिनै फिल्मको अफर आए पनि डेब्युको अवसर भने ‘एक्टर’बाट जुरेको उनको धारणा थियो ।
‘फिल्ममा आफू पोखराकी एक युवतीको भूमिकामा देखिन लागेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल र सहकारीमै श्रम शोषण : नियुक्ति पत्र र न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारको निर्देशन
-
‘बालेन सरकारलाई मेरो आग्रह छ- प्रश्न गर्नेहरूलाई शत्रु नदेख्नुस्’
-
ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई रेडियो कलर गरिने, मृतकका परिवारलाई २० लाख रुपैयाँ राहत
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण