कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
सुर्खेत । कर्णाली प्रदेशमा सत्तारुढ दलहरूबिच मन्त्रालय भागबण्डा टुङ्गिएको छ । मंगलबार मुख्यमन्त्री यामलाल कँडेल र माओवादी संसदीय दलका नेता राजकुमार शर्माबिच भएको छलफलमा मन्त्रालय भागबण्डाको विषय टुङ्गिएको हो ।
जस अनुसार सत्तारुढ दलमा माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ ।
यस्तै एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने भएको छ ।
यसअघि माओवादीलाई सामाजिक विकास मन्त्रालय मुख्यमन्त्री कँडेलले दिन चाहेका थिएनन् । अन्ततः उक्त अडानबाट मुख्यमन्त्री कँडेल पछाडि हटेका हुन् ।
माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले भागबण्डा टुङ्गिएको र बुधबारसम्म मन्त्रीमण्ड विस्तार हुने रातोपाटीलाई जानकारी दिए । मन्त्रालय भागबण्डाको विषय टुङ्गिएसँग मुख्यमन्त्री कँडेलले बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा आज : प्लेअफको सम्भावना जीवित राख्न बैंगलुरुलाई जित्नै पर्ने दबाब
-
'सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार'
-
सिन्धुलीमा एसपी तिमिल्सीना जान मानेनन्, गोविन्द काफ्लेको काज सरुवा
-
काठमाडौँका यी स्थानहरूमा शुक्रबारसम्म विद्युत् सेवा प्रभावित हुने
-
लुम्बिनी प्रदेशका मन्त्रालय भवनहरूको निर्माण कार्यको प्रगति कति ?
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची