माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट रणसिं परियार मन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो। यद्यपि परियारको मन्त्रालयको टुङ्गो भने लगाइएको छैन ।
आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने सांसद कृष्ण बहादुर जिसीले रातोपाटीलाई बताए ।
मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादी स्रोतका अनुसार यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ । जसमा विन्दमान विष्ट, महेन्द्र केसी र दुर्ग रावत सम्भावित व्यक्तिहरूमा पर्दछन् ।
मुख्यमन्त्री कँडेलले आज सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् । एमालेबाट पनि आज एक जना मन्त्री बन्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण