सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि

बुधबार, १२ वैशाख २०८१, ०८ : ५३
बुधबार, १२ वैशाख २०८१

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट रणसिं परियार मन्त्री बन्ने भएका छन् ।  आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई सरकारमा पठाउने निर्णय गरेको हो। यद्यपि परियारको मन्त्रालयको टुङ्गो भने लगाइएको छैन ।

आज माओवादीको तर्फबाट परियारलाई पठाउने, मन्त्रालय र बाँकी मन्त्रीको टुङ्गो मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिइसकेपछि छनोट गरिने सांसद कृष्ण बहादुर जिसीले रातोपाटीलाई बताए । 

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिँदै छन् । माओवादी स्रोतका अनुसार यसअघि मन्त्री बनेका भन्दा पनि नयाँ अनुहारलाई मन्त्री बनाउने तयारी छ । जसमा विन्दमान विष्ट, महेन्द्र केसी र दुर्ग रावत सम्भावित व्यक्तिहरूमा पर्दछन् ।

मुख्यमन्त्री कँडेलले आज सानो आकारमा मन्त्रीमण्डल गठन गर्ने र बिहीबार संसदबाट विश्वासको मत लिने भएका छन् । एमालेबाट पनि आज एक जना मन्त्री बन्ने बताइएको छ ।

maoist karnali

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप