शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट

बिहीबार, १३ वैशाख २०८१, ०९ : ३८
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सकिएको छ।  पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा यी दुई राउन्ड आयोजना भएको थियो ।

हार्नेस परिसरमा सुरुमा स्विम वेयर राउन्ड आयोजना गरिएको थियो । जहाँ अन्तिम २९ प्रतिस्पर्धीले क्याटवाक गरे। सन्तोष उपाध्यायसहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यस राउन्डको निर्णायक थिए।

त्यसैगरि, तीनघण्टासम्म चलेको ट्यालेन्ट राउन्डमा प्रतियोगीहरु कसैले नृत्य र गीत गाएर सङ्गीतमय माहौल बनाए। केहीले भने कविता वाचन गर्दा कसैले पेन्टिङ बनाएर कला देखाए। केहीले त स्टेजमा ड्रामा समेत प्रस्तुत गरे। 

 ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो। महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाँचभित्र परे। पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए।  

यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए। सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ।

सनुर्वी इन्टरनेसनल आयोजक रहेको प्रतियोगिताको फिनाले वैशाख १९ गतेका दिनमा काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ।  फिनालेमा विजेताहरूलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप