ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
काठमाडौँ । भारतको साभा हेल्थ केयर लिमिटेड (एसएचएल) ले श्वासप्रश्वाससम्बन्धी रोगहरूको उपचार गर्न आफ्नो नवीनतम ड्राई पाउडर इन्हेलर (डीपीआई) उत्पादनको साथ नेपाली बजारमा प्रवेश गरेको छ। साभाकोर्ट नाम दिइएको यस ड्राई पाउडर इन्हेलर नेपालको ह्युमनकाइन्ड हेल्थकेयरको सहकार्यमा नेपाल भित्र्याइएको हो ।
साभाकोर्ट दम र क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) जस्ता रोगहरूका लागि वरदान साबित हुने कम्पनीको विश्वास छ । शुभारम्भ कार्यक्रममा साभा हेल्थकेयर लिमिटेडका सीईओ अनिरुद्ध राजुरकरले भने, ‘साभाकोर्टले श्वासप्रश्वासको हेरचाहमा एउटा नवीन परिवर्तनको प्रतिनिधित्व गर्दछ। जसले हाम्रो नवीन र बिरामी केन्द्रित समाधानहरूप्रतिको प्रतिबद्धतालाई जनाउँछ। यो लञ्चले नेपालमा उन्नत उपचार विकल्पहरूको बढ्दो मागलाई समय सान्दर्भिक सम्बोधन गर्छ ।’
अमेरिकी स्वास्थ्य र मानव सेवा विभागका अनुसार विश्वभर श्वासप्रश्वासको रोग बढ्दै गएको छ । अहिले विश्वव्यापी रूपमा ५४ करोड मानिसहरू दीर्घकालीन श्वासप्रश्वासको अवस्थाको साथ बाँचिरहेका छन् । नेपालमा मात्रै यसबाट प्रति एक लाखमा १०० भन्दा बढीको मृत्यु हुने गरेको छ ।
श्वासप्रश्वाससम्बन्धी रोगसँग जुधिरहेका व्यक्तिहरूको अत्यावश्यक आवश्यकताहरूलाई सम्बोधन गर्न डिजाइन गरिएको सभाकोर्टले लक्षणहरू व्यवस्थापन गर्न प्रभावकारीरुपमा काम गर्छ । ‘नेपालमा साभाकोर्टको परिचय हाम्रो देशमा श्वासप्रश्वासको हेरचाह सुधार गर्ने प्रयासहरूमा कोसेढुङ्गा हो । हामी विश्वस्त छौँ कि यस सहकार्यले बिरामी र स्वास्थ्यकर्मीहरूलाई उल्लेखनीय रूपमा लाभ पुऱ्याउनेछ । यसले नेपाली जनताको श्वासप्रश्वास स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने आशा राख्दछौँ,’ ह्युमनकाइन्ड हेल्थकेयर प्रा.लिका प्रबन्ध निर्देशक किरण दुवाडीले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण