श्रम मन्त्रालयको चालु आर्थिक वर्षको खर्च ३४.१७ प्रतिशत मात्रै
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा ३४.१७ प्रतिशत मात्रै खर्च भएको बताएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले चालु आर्थिक वर्षमा हालसम्म(२०८१ वैशाख १२ गतेसम्म) ३४.१७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिएका हुन् । कुल विनियोजित बजेट १ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेकोमा हालसम्म ६४ करोड २९ लाख ८९ हजार रुपैयाँ(३४.१७ प्रतिशत) मात्रै खर्च भएको उहाँले बताउनु भयो । चालुतर्फ १ अर्ब ८० करोड २० लाख रुपैयाँ विनियोजन भएकोमा ६२ करोड ३९ लाख रुपैयाँ (३५ प्रतिशत) खर्च भएको र पुँजीगततर्फ ७ करोड ९६ लाख रुपैयाँ विनियोजन भएकोमा १ करोड ९० लाख रुपैयाँ(२३.९५ प्रतिशत) खर्च भएको उनले स्पष्ट पारे ।
मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि कुल ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन भएकोमा वित्तीय हस्तान्तरण गरी स्थानीय तहबाट कार्यान्वयन हुने ५ अर्ब ३६ करोड रुपैयाँमध्ये १ अर्ब १४ करोड ५३ लाख ९९ हजार रुपैयाँ(२१ प्रतिशत) खर्च भएको बताए । उनले मन्त्रालयबाट कार्यान्वयन हुने ५७ करोड ७८ लाख रुपैयाँमध्ये ४ करोड ११ लाख ५९ हजार रुपैयाँ(७.१२ प्रतिशत) खर्च भएको जानकारी दिए ।
त्यसैगरी व्यावसायिक तथा सीप विकास तालिमतर्फ सीप विकास तालिम प्रतिष्ठानबाट कार्यान्वयन हुने विनियोजित बजेट रकम २९ करोड ३३ लाख रुपैयाँमध्ये ४ करोड २३ लाख १५ हजार रुपैयाँ(१४.४३ प्रतिशत) खर्च भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण