शिक्षक र कर्मचारीलाई पार्टीको सदस्यबाट राजीनामा गर्न अल्टिमेटम
शुक्रबार, १४ वैशाख २०८१, ११ : ३२
कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिकाले नगरपालिकाभित्र का सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिएको भए पाँच दिनभित्र त्याग्न अल्टिमेटम दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारी कुनै दलको सदस्य भए कानुनी कारबाही गर्न पत्राचार गरेको भन्दै यस्तो अल्टिमेटम दिएको हो ।
साथै, नगरपालिकाले दिएको समयभित्र राजनीतिक पार्टीबाट राजीनामा दिएको जानकारी पेस गर्न पनि भनेको छ ।
नगरपालिकाले पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धी उजुरी आए कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठक सुरु भएन, सभामुख र प्रमुख सचेतकबिच बैठक जारी
-
आज कोशीमा मन्त्रिपरिषद् बिस्तार गरिने, अर्थको टुङ्गो अझै लागेन
-
सरकारद्वारा राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता
-
अब रगतबाटै क्यान्सरको परीक्षण
-
विपक्षी दलको बैठकमा सत्तापक्षका माधव नेपाललाई पनि निम्तो
-
१ लाख ४० हजारको उच्च रेकर्डबाट ओर्लियो सुनको भाउ