एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
शुक्रबार, १४ वैशाख २०८१, १५ : २८

बुटवल । नेकपा एमाले कपिलवस्तुको १० औ जिल्ला अधिवेशन यही वैशाख २६ गते हुने भएको छ । एमाले कपिलवस्तुले वैशाख २९ गतेका लागि तय भएको अधिवेशनको मिति हेरफेर गरेको हो ।
एमाले कपिलवस्तुका अध्यक्ष डम्मेर शर्माले अधिवेशनको समुद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी दिए । उनले अध्यक्ष ओलीको समय मिलाएर वैशाख २६ गते सारिएको बताए ।