आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

अर्थ मन्त्रालयको अडानमा रहेका भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी

आइतबार, १६ वैशाख २०८१, १२ : ४७
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रका मधेस प्रदेशका संसदीय दलका नेता भरत साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

माओवादीका केन्द्रीय सदस्य समेत रहेका संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा दाबी गरेका थिए । अर्थ मन्त्रालयको अडानमा रहेकै कारण विना विभागीय मन्त्रीमा शपथ खाएका थिए ।

तर अहिले उनलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गइसकेको छ ।

मधेस प्रदेशमा माओवादीले दुई वटा मन्त्रालय पाएको थियो । त्यसमध्ये युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् । भरत साह अर्थ मन्त्रालयमा अडानमा थिए ।

बैशाख ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री सरोज यादव र माओवादी बिच मन्त्रालयका लागि बार्गेनिङ भएको थियो । मुख्यमन्त्री यादवले अर्थ मन्त्रालयसहित माओवादी केन्द्रलाई दुईटा मन्त्रालय दिने सहमति पनि गरेका थिए ।

त्यसअघि माओवादी केन्द्रका सुनिता यादव उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिइन् । उनलाई हटाएर युवराज भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।

तर भरत साहलाई अर्थ मन्त्रालय नदिएर वन मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले माओवादीलाई अर्थ मन्त्रालयसहित दुईटा मन्त्रालय दिने मौखिक सहमति भएको थियो । सोही सहमतिका आधारमा आफूहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको उनले दाबी गरे ।

उनले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको विषयमा आफूलाई जानकारी नरहेको बताए । वन मन्त्रालयको जिम्मेवारी दिने विषयमा मुख्यमन्त्री यादवले आफूसँग कुनै सल्लाह नगरेको उनले बताए । वन मन्त्रालयका बारेमा आफू कहाँ कुनै जानकारी आइ नपुगेको र जानकारी आएमा त्यसको बारेमा छलफल गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप