अर्थ मन्त्रालयको अडानमा रहेका भरत साहलाई वन मन्त्रालयको जिम्मेवारी
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रका मधेस प्रदेशका संसदीय दलका नेता भरत साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।
माओवादीका केन्द्रीय सदस्य समेत रहेका संसदीय दलका नेता भरत साहले अर्थ मन्त्रालयमा दाबी गरेका थिए । अर्थ मन्त्रालयको अडानमा रहेकै कारण विना विभागीय मन्त्रीमा शपथ खाएका थिए ।
तर अहिले उनलाई वन मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ । मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयबाट प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गइसकेको छ ।
मधेस प्रदेशमा माओवादीले दुई वटा मन्त्रालय पाएको थियो । त्यसमध्ये युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् । भरत साह अर्थ मन्त्रालयमा अडानमा थिए ।
बैशाख ४ गते विश्वासको मत लिँदा मुख्यमन्त्री सरोज यादव र माओवादी बिच मन्त्रालयका लागि बार्गेनिङ भएको थियो । मुख्यमन्त्री यादवले अर्थ मन्त्रालयसहित माओवादी केन्द्रलाई दुईटा मन्त्रालय दिने सहमति पनि गरेका थिए ।
त्यसअघि माओवादी केन्द्रका सुनिता यादव उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री थिइन् । उनलाई हटाएर युवराज भट्टराईलाई सो मन्त्रालयको जिम्मेवारी दिएको छ ।
तर भरत साहलाई अर्थ मन्त्रालय नदिएर वन मन्त्रालयको जिम्मेवारी दिन लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरत साहले माओवादीलाई अर्थ मन्त्रालयसहित दुईटा मन्त्रालय दिने मौखिक सहमति भएको थियो । सोही सहमतिका आधारमा आफूहरूले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको उनले दाबी गरे ।
उनले आफूलाई वन मन्त्रालयको जिम्मेवारी दिएको विषयमा आफूलाई जानकारी नरहेको बताए । वन मन्त्रालयको जिम्मेवारी दिने विषयमा मुख्यमन्त्री यादवले आफूसँग कुनै सल्लाह नगरेको उनले बताए । वन मन्त्रालयका बारेमा आफू कहाँ कुनै जानकारी आइ नपुगेको र जानकारी आएमा त्यसको बारेमा छलफल गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण