१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
सारांश
- निजी मेडिकल कलेजहरूमा इन्टर्न चिकित्सकहरूले अत्यन्तै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएका छन्।
- सरकारले काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायातलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ।
- नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेतृत्वमा रहेका व्यक्तिहरूको नाम समावेश नभएको विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका छन्।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२’ समाचार लिएर हाजिर भएका छौँ ।
१. निजी मेडिकल कलेजमा इन्टर्न चिकित्सकको चरम शोषण
निजी शिक्षण संस्थामा ‘इन्टर्न चिकित्सक’हरू निकै न्यून पारिश्रमिकमा काम गर्न बाध्य भएका छन् ।
२. उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले एक बृहत् पुनर्संरचना योजना अघि सारेको छ।
३. रास्वपाभित्र स्वार्थ समूहको लडाइँ
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन नै प्रभावित भएको छ । महाधिवेशनको तयारीमा रहेको रास्वपाको प्रदेश अधिवेशन रोकिएपछि महाधिवेशनकै कार्यतालिकामा असर पर्ने हो कि भन्ने चिन्ता थपिएको छ ।
४. स्थानीय तह र प्रदेश सभा निर्वाचनमा के होला मधेसवादी दलको पोजिसन ?
गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेसवादी दलहरू नराम्ररी बढारिए । करिब आधा दर्जन राजनीतिक दलले तराई–मधेसलाई आफ्नो मुख्य आधार क्षेत्र मान्दै आए पनि ती कुनै पनि दलले देशभर एक सिट पनि जित्न सकेनन् ।
जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, आम जनता पार्टी, नेपाल सदभावना पार्टी लगायतका दल तराई–मधेस भूगोललाई आफ्नो आधार क्षेत्र बनाएर राजनीतिक गतिविधि गर्दै आएका छन् । यद्यपि मधेस प्रदेशमा समेत यी दलले आफ्नो अस्तित्व जोगाउन सकेनन् । प्रतिनिधि सभातर्फ मधेस प्रदेशबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत रहेका ३२ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ३० सिटमा जित हासिल गर्दा एक सिटमा नेपाली कांग्रेस र अर्को एक सिटमा नेपाली कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।
५. सीमा विवाद
हुम्ला र बाजुराको सीमा विवादका कारण कर्णाली करिडोर तीन दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
६. न्यायालय
नक्कली भुटानी शरणार्थी मुद्दामा सुनुवाइको तेस्रो दिन कानुन व्यवसायीहरूले राजनीतिक दलको नेतृत्वमा रहेका व्यक्तिहरूको नाम समावेश नभएको विषयमा प्रश्न उठाएका छन्।
७. मन्त्रिपरिषद् बैठक निर्णय
सिंहदरबारमा बसेको मन्त्रिपरिद् बैठकले विभिन्न तीन वटा निर्णय गरेको छ ।
८. शहरी विकासमा सरकारको १ खर्ब १३ अर्बका योजना
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शहरी विकास, भवन निर्माण र स्थानीय पूर्वाधारको क्षेत्रमा १ खर्ब १३ अर्ब ७ करोड ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
९. काभ्रेमा बस दुर्घटना
शुक्रबार काभ्रेको बुचाकोटमा बस दुर्घटना भएको छ ।
११. हर्कले रविलाई लेखे खुला पत्र
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(साम्पाङ)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लाई खुला पत्र लेख्दै नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।
१२. फिफा विश्वकप २०२६
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पान कोषाध्यक्षमा शंकर बस्याल विजयी
-
विगतको हारको सिलसिला तोड्दै पहिलो अंक जोड्ने दाउमा दुवै टोली
-
क्यानडा र बोस्निया–हर्जगोभिनाबिचको खेल सुरु
-
काठमाडौँका फोहोर पानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
-
इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु
-
१२ बजे १२ समाचार: उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजनादेखि इन्टर्न चिकित्सकको चरम शोषणसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण