शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

इप्पान निर्वाचन: कोषाध्यक्ष पदको मतगणना सुरु

३६७ मत खस्यो

शनिबार, ३० जेठ २०८३, ०० : ०९
शनिबार, ३० जेठ २०८३

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भई कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ ।
  • शुक्रबार राति भएको मतदानमा कुल ३६३ मत खसेको छ ।
  • कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा रहेका छन् ।

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भई अहिले कोषाध्यक्ष पदको मतगणना सुरु भएको छ । शुक्रबार राति भएको मतदानमा कुल ३६७ मत खसेको निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा रहेका छन् ।

यस पटकको निर्वाचनमा इप्पानका अन्य अधिकांश पदाधिकारी पदहरूमा सर्वसम्मत नेतृत्व चयन भए पनि कोषाध्यक्ष पदमा सहमति नजुट्दा मतदान प्रक्रिया अपनाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप