शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति

शुक्रबार, २९ जेठ २०८३, २३ : ०८
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि कोषाध्यक्ष पदमा मात्रै निर्वाचन सुरु भएको छ ।
  • अन्य पदाधिकारीहरूमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा कुरा नमिल्दा शुक्रबार राति अबेरदेखि मतदान प्रक्रिया अघि बढेको हो ।
  • कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा छन् ।

काठमाडौँ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि कोषाध्यक्ष पदमा मात्रै निर्वाचन सुरु भएको छ । अन्य पदाधिकारीहरूमा सहमति जुटे पनि कोषाध्यक्ष पदमा कुरा नमिल्दा शुक्रबार राति अबेरदेखि मतदान प्रक्रिया अघि बढेको हो ।

संस्थाको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव र सदस्य पदहरूमा भने आपसी सहमतिबाट नेतृत्व चयन भइसकेको छ । कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल चुनावी मैदानमा छन् । यी दुई उम्मेदवारबीच सहमति हुन नसकेपछि निर्वाचनमार्फत नै निर्णय लिन लागिएको हो ।

निर्वाचन समितिले अन्य निर्विरोध निर्वाचित भएका पदाधिकारीहरूको औपचारिक घोषणा भने कोषाध्यक्षको निर्वाचन सकिएपछि मात्रै गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप