‘बुहारी’ अब हिमालयन टेलिभिजनमा
काठमाडौँ । टेलिश्रृंखला ‘बुहारी’ हिमालय टेलिभिजन र ओएसआरको युट्युब च्यानलमा एकसाथ प्रसारणमा आउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच टेलिश्रृखलाका निर्माता रामचन्द्र बोहराले ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालसँग प्रसारण सम्झौता गरे ।
कार्यक्रममा टेलिश्रृंखला हिमालयन टेलिभिजनबाट प्रसारणको विषयमा हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालबिच पनि सम्झौता भयो ।
सम्झौताअनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि देख्न सकिनेछ । सिरियल २ वर्षको लागि सम्झौता भएको हो ।
युट्युबमा दर्शकले रुचाउँदै आएको ‘बुहारी’ यसअघि ‘बुहारी अफिसियल’ युट्युब च्यालबाट प्रसारण हुँदै आएको छ । अहिलेसम्म १७३ भाग ‘बुहारी अफिसियल’ युट्युबमा आएको टेलिश्रृंखलाको अबको भाग अर्थात १७४ बाट हिमालय टिभी र ओएसआरमा आउनेछ ।
‘‘बुहारी’ पछिल्लो समय दर्शकको रुजाइमा परेको टेलिश्रृंखला भएकोले आफूले प्रसारण गर्न लागेको हिमालय टिभीका प्रबन्ध निर्देशक कँडेलले बताए । उनले राम्रा टेलिश्रृंखला जति आफ्नो च्यानलमा रहेको ल्याउने नीति अनुरूप यो सिरियल भित्र्याएको बताए ।
दर्शकलाई लोकप्रिय टेलिश्रृंखला एउटै च्यानलमा उपलब्ध होस् भनेर जुठे र सीतापछि ‘बुहारी’ पनि राजेको बताए ।
‘बुहारी’मा रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, विजय देउजा, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, महेश जंग थापा लगायतको अभिनय रहेको छ । बुहारीको रुपमा महिलाले गर्ने संघर्ष र संवेदनाको कथावस्तुमा निर्माण हुँदै आएको टेलिश्रृखलाका लेखक तथा निर्देशक रामचन्द्र बोहरा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण