बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘बुहारी’ अब हिमालयन टेलिभिजनमा

सोमबार, १७ वैशाख २०८१, १४ : ४९
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । टेलिश्रृंखला ‘बुहारी’ हिमालय टेलिभिजन र ओएसआरको युट्युब च्यानलमा एकसाथ प्रसारणमा आउने भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच टेलिश्रृखलाका निर्माता रामचन्द्र बोहराले ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालसँग प्रसारण सम्झौता गरे । 

कार्यक्रममा टेलिश्रृंखला  हिमालयन टेलिभिजनबाट प्रसारणको विषयमा हिमालय टिभीका प्रबन्ध निर्देशक श्याम कँडेल, ओएसआर डिजिटलका प्रमुख ओमप्रकाश अग्रवालबिच पनि सम्झौता भयो ।

सम्झौताअनुसार यो सिरियल शुक्रबार राती ९ बजे हिमालय टिभीमा प्रसारण हुनेछ भने सोही समयमा ओएसआरको युट्युब च्यानलमा पनि देख्न सकिनेछ । सिरियल २ वर्षको लागि सम्झौता भएको हो ।

युट्युबमा दर्शकले रुचाउँदै आएको ‘बुहारी’ यसअघि ‘बुहारी अफिसियल’ युट्युब च्यालबाट प्रसारण हुँदै आएको छ । अहिलेसम्म १७३ भाग ‘बुहारी अफिसियल’ युट्युबमा आएको टेलिश्रृंखलाको अबको भाग अर्थात १७४ बाट हिमालय टिभी र ओएसआरमा आउनेछ ।

‘‘बुहारी’ पछिल्लो समय दर्शकको रुजाइमा परेको टेलिश्रृंखला भएकोले आफूले प्रसारण गर्न लागेको हिमालय टिभीका प्रबन्ध निर्देशक कँडेलले बताए । उनले राम्रा टेलिश्रृंखला  जति आफ्नो च्यानलमा रहेको ल्याउने नीति अनुरूप यो सिरियल भित्र्याएको बताए ।

दर्शकलाई लोकप्रिय टेलिश्रृंखला एउटै च्यानलमा उपलब्ध होस् भनेर जुठे र सीतापछि ‘बुहारी’ पनि राजेको बताए । 

‘बुहारी’मा रामचन्द्र बोहरा, अनिता बैजु, लक्ष्मी गिरी, देशभक्त खनाल, विजय देउजा, लक्ष्मणविक्रम बस्नेत, विद्या कार्की, महेश जंग थापा लगायतको अभिनय रहेको छ । बुहारीको रुपमा महिलाले गर्ने संघर्ष र संवेदनाको कथावस्तुमा निर्माण हुँदै आएको टेलिश्रृखलाका लेखक तथा निर्देशक रामचन्द्र बोहरा हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप