कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-पूर्णबहादुर खड्का
सुर्खेत । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ । चालु आर्थिक वर्ष २०७४/०७५ को बाँकी तीन महिनाका लागि नीति तथा कार्यक्रम पारित गरिएको हो ।
गत १० गते प्रदेश प्रमुख दुर्गाकेशर खनाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनसम्मको छलफलबाट बुधवार सभामुख राजबहादुर शाहीले सर्वसम्मत पारित भएको घोषणा गरेका हुन् ।
प्रदेशसभा नियमावली २०७४ को नियम ३७ को उपनियम ३ बमोजिम निणार्थक सभामुख शाहीले प्रस्तुत गरेका थिए ।
सो प्रस्तुत नीति तथा कार्यक्रममा दुई दिनसम्म रचनात्मक सुझाव समेट्ने भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा पारितका लागि प्रस्ताव गरेका थिए ।
सो नीति तथा कार्यक्रममा कर्णालीको भौतिक पुर्वाधार, पर्यटन र जलविद्युतको विकास गरि कर्णाली प्रदेशलाई मुलुककै समृद्ध प्रदेश निर्माण गर्ने अठोटसहित ठूलाठूला महत्वाकांक्षी योजना अघि सारिएको छ ।
संसद बैठक भोली १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण