फिल्म ‘लेबर’ निर्माण घोषणा
काठमाडौँ । फिल्म ‘लेबर’ निर्माणको घोषणा गरिएको छ । १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पूर्णेन्दु के झाले फिल्मको घोषणा गरेका हुन् ।
राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले पूर्णेन्दु प्रोडक्सन प्रालि र अरिपन फिल्मस प्राइभेट लिमिटेडको संयुक्त ब्यानरमा निर्माण हुने जानकारी दियो । फिल्मले बिदेसिन बाध्य नेपाली कथालाई प्रस्तुत गर्नेछ ।
काठमाडौँको सुनधारास्थित सिटिसी मलमाको सिने डी सेफमा आयोजित कार्यक्रममा फिल्मको टिजरसमेत सार्वजनिक भयो ।
कार्यक्रममा निर्देशक झाले फिल्मले लेबर र सरकारबिचको कथा भन्ने बताए । ‘हाम्रो देशबाट लेबरको काममा बिदेसिन सङ्ख्या बढी छ । उनीहरूको आ–आफ्नै कथा छ । ती कथालाई पर्दा मार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर फिल्म बनाउन लागेका हौँ’ निर्देशक झाले भने । फिल्म मैथिली भाषामा तयार हुनेछ भने नेपाली र भोजपुरीमा स्वराङ्कन हुनेछ ।
‘हामीले बाहिर त बजार बनायौँ तर नेपालमै मधेसमा स्वदेशी फिल्मलाई दर्शकले साथ दिएका छैनन् । यस कारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, झाले थपे ।
सतेन्द्र झा, सञ्जय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह–निर्माता रहेको फिल्मलाई निर्देशक झाले नरेश मिश्रासँगको सहकार्यमा लेखेका हुन् ।
उत्पल झा, रामभजनकामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारी लगायतका कलाकार अहिले तय भएको र अन्य कलाकार छिटै छनौट हुनेछ ।
कार्यक्रममा कलाकार उत्पल झाले फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताए । ‘हामीले फिल्मलाई विषय प्रधान बनाउन थालेका छौँ । यसमा मिथिलासँगै नेपालभरका दर्शकका कथा छ’, कलाकार झाले थपे ।
फिल्ममा प्रवेश मल्लिकको सङ्गीत तथा पाश्र्वसङ्गीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन रहनेछ । फिल्म‘लेबर’ लाई २०२४ को अन्त्यसम्म प्रदर्शन गर्ने लक्ष्य लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण