बुटवलका विद्यालयमा २ दिन गर्मी बिदा
बुधबार, १९ वैशाख २०८१, २० : ३०
बुटवल । अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा २ दिन बिदा दिइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विद्यालयमा २ दिन गर्मी बिदा दिएको जनाएको हो ।
अत्यधिक गर्मी बढेको तथा तातो हावा चल्न थालेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले यही वैशाख २० र २१ गते बिदा दिइएको उपमहानगर जनाएको छ । वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिइएको सूचनामा भनिएको छ ।
बुटवलमा यही वैशाख ६ गतेदेखि नयाँ शैक्षिक सत्रको पढाइ सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण