गुगल सर्च सर्भर डाउन
बिहीबार, २० वैशाख २०८१, १४ : ३१

काठमाडौँ । पछिल्ला केही दिन यता गुगलका सेवाहरूमा समस्या देखिन थालेको छ । गए राति पनि केही प्रयोगकर्ताको डिभाइसमा गुगल सर्च डाउन भएको खबर आएको छ ।
अमेरिका, बेलायत, भारत समेत केही देशमा गुगल सर्चमा समस्या देखिएको बताइएको छ । समस्या नेपाली समयअनुसार राति ८ बजेपछि देखिन थालेको थियो । समस्या केही घण्टासम्म देखिएको बताइएको छ ।
गुगल म्यापमा पनि समस्या
डाउन डिटेक्टरको रिपोर्टअनुसार बेलायतमा ३०० भन्दा धेरै प्रयोगकर्ताले गुगल म्यापमा समस्या आएको बताएका थिए । अमेरिकामा १ हजार ४ भन्दा बढी प्रयोगकर्ताको गुगल म्यापले काम नगरेको बताइएको छ । त्यतिबेला गुगलको जीमेल, युट्युब र गुगल टकले भने राम्रोसँग काम गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग
-
सर्वोच्चमा वकिलको तर्कः सबैको जड जीबी राई, लामिछानेकै पनि चेक बाउन्स