शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीमा सत्तारुढ दलकै सांसदले स्वकीयको तलब माग गर्दै संसद् अवरोध गरेपछि...

शुक्रबार, १९ असार २०८३, १५ : ४७
शुक्रबार, १९ असार २०८३

सुर्खेत । मंगलबारदेखि विपक्षीको अवरोधका कारण ठप्प रहेको कर्णाली प्रदेश सभाको बैठक सत्तारुढ दलकै सांसदले अवरोध गरेका छन् । उनीहरुले आफ्नो स्वकीय सचिवको पारिश्रमिक माग गर्दै अवरोध गरेका छन्, जबकि आज आगामी आर्थिक वर्षको बजेट पारित गर्ने दिन हो ।

प्रतिपक्षसँग ६ बुँदे सहमति गरेर सदनको गतिरोध अन्त्य भए पनि पुनः सत्ता पक्ष त्यो पनि कांग्रेसकै सांसदले अवरोध गरेका हुन् ।

कांग्रेस सांसद जानकी सिंह स्वकीय सचिवको पारिश्रमिक भत्ता माग गरिन् ।‘अन्य प्रदेश, कोशी प्रदेश, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशले चैतसम्म खुवाएको प्राक्टिस हामीले बुझ्यौँ,’ उनले भनिन्, ‘कानुन बमोजिम प्रदेश कर्णाली प्रदेश सदस्यले पाउने अधिकार जुन छ यो अहिले यो पारिश्रमिक नपाएको अवस्था छ।’

यो सरकारले जबसम्म पारिश्रमिक भत्ताको वचन दिन सक्दैन तबसम्म म आफू उभिने बताइन्।

जेनजी आन्दोलन पश्चात् सुशीला कार्की नेतृत्वको सरकारले प्रदेश सांसदका स्वकीय हटाउने निर्णयसँग कर्णालीका सांसदका स्वकीयको पारिश्रमिक रोकिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?