बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
सारांश
- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।
- कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादका बिच संसदीय दलले सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
- बागमती प्रदेशसभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुङ्ग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।
हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलको बैठकले बजेट पारित गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई तीन लाइन ह्विप जारी गरेको हो ।
कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादका बिच संसदीय दलले सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर्दै तीन लाइन ह्विप जारी गरेका हुन् ।
ह्विपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेस हुने भएकाले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ ।
कांग्रेस संसदीय दलले बजेट पारित हुने निर्णायक चरणमा सांसदहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था देखिएपछि ह्विप जारी गरेको हो ।
पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबिच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको छ । लामा पक्षधर केही सांसद प्रदेशसभा बैठकमै अनुपस्थित रहँदै आएका थिए भने बजेट पारित प्रक्रियामा असहयोग गर्ने सङ्केतसमेत दिएका थिए ।
यसैबिच, मुख्यमन्त्री बानियाँले यसअघि नै पार्टीको ह्विप जारी भएपछि सबै सांसद बजेट पारित प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका थिए । कांग्रेसले तीन लाइन ह्विप जारी गरेसँगै पार्टीभित्रको विवाद तत्कालका लागि व्यवस्थापन गर्दै बजेट पारित गराउने प्रयास गरेको देखिएको छ ।
बागमती प्रदेशसभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुङ्ग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण