शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना

शनिबार, २० असार २०८३, १२ : ३२
शनिबार, २० असार २०८३

सारांश

  • न्युरोडको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारलाई गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको भन्दै २ लाख १ हजार जरिवाना गरिएको छ ।
  • अनुगमन टोलीले रेस्टुरेन्टको पिजा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला फेला पारेको छ ।
  • म्याद गुज्रेको फ्रुट सिरप प्रयोग गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको हो ।

काठमाडौँ । काठमाडौँको न्युरोडमा रहेको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारलाई २ लाख १ हजार जरिवाना गरेको हो ।

सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामाग्री गुणस्तरहीन भेटिएका कारण उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ ।

 जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा रेस्टुरेन्टको पिजा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला भेटिएको र म्याद नाघेको फ्रुट सिरप प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप