अपडेट
दीपक भट्ट र प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारियो
शुक्रबार, १९ असार २०८३, २१ : ०४
सारांश
- व्यवसायी दीपक भट्ट र नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारबाट सारिएको छ।
- कारागार व्यवस्थापन विभागले दुवै जनालाई डिल्लीबजारबाट स्थानान्तरण गर्ने निर्णय गरेको हो।
- भट्टलाई नख्खु कारागार र अधिकारीलाई सुन्धारा केन्द्रीय कारागारमा पठाइएको छ।
काठमाडौँ । कारागार कार्यालय डिल्लीबजारमा पुर्पक्षका लागी थुनामा रहेका व्यवसायी दीपक भट्ट र नागरिक उड्ययन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई त्यहाँबाट सारिएको छ।
कारागार व्यवस्थापन विभागले शुक्रबार दुवै जनालाई डिल्लीबजारबाट स्थानान्तरण गर्ने निर्णय गरेको हो। विभागका एक जना अधिकृतका अनुसार भट्टलाई कारागार कार्यालय नख्खुमा स्थानान्तरण गरिएको छ। त्यस्तै अधिकारीलाई केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।
दीपक भट्टलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी कसुरमा विशेष अदालतले पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो । अधिकारी भ्रष्टाचार मुद्दामा थुनामा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नयाँ क्रियाशील सदस्यता अभियान’ सफल पार्न महिला सङ्घले खटायो प्रतिनिधि
-
मधेसका हाेटलहरूकाे अनुगमन
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण