शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड र माधव बुटवलमा, के छ कार्यक्रम ?

शनिबार, २० असार २०८३, १० : २५
शनिबार, २० असार २०८३

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाल बुटवल आइपुगेका छन्।
  • उनीहरू लुम्बिनी प्रदेश समितिद्वारा आयोजित प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएका हुन्।
  • यस प्रशिक्षणमा पार्टीको नीति, सङ्गठनात्मक कार्यदिशा र समसामयिक राजनीतिक विषयमा नेता-कार्यकर्तालाई प्रशिक्षण दिइनेछ।

बुटवल । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बुटवल आइपुगेका छन्।

नेपाली कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश समितिले आयोजना गरेको प्रदेशस्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन दुवै शीर्ष नेता बुटवल आएका हुन्।

बुटवलमा आयोजना हुने कार्यक्रममा प्रचण्ड र नेपालले प्रदेशभरबाट सहभागी भएका नेता–कार्यकर्तालाई पार्टीको नीति, सङ्गठनात्मक कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिँदै सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पार्टी एकतापछि लुम्बिनी प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ। प्रशिक्षणमार्फत पार्टीको नीति, सङ्गठनात्मक कार्यदिशा र भावी रणनीतिबारे प्रदेशस्तरीय नेताहरूबिच साझा बुझाइ विकास गर्दै सङ्गठनलाई थप सुदृढ र कार्यसम्पादनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको जनाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप