कर्मचारी नपठाएर मौलापुरको बजेट ‘फ्रिज’ गराउन खोजिएको मेयर साहको आरोप
रौतहट । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नपठाएर संघीय सरकारले नगरपालिकाको बजेट कार्यान्वयन प्रभावित पार्न खोजेको आरोप लगाएकी छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मेयर साहले बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा नगरपालिकालाई प्रमुख प्रशासकीय अधिकृतविहीन बनाइएको बताइन्। यसले स्थानीय तहलाई गतिरोधतर्फ धकेल्नुका साथै बजेट ‘फ्रिज’ गराउने नियत देखिएको उनको दाबी छ।
उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा सुरेशबाबु घिमिरेलाई मौलापुरमा पठाएको थियो। तर उनले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेपछि मन्त्रालयले फिर्ता बोलाएको भए पनि अहिलेसम्म अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाइएको उनले बताइन्।
मेयर साहले नगरपालिकाले सञ्चालन गर्दै आएका ‘फ्रि बिजुली’, ‘फ्रि पानी’ र ‘छोरीसँग मेयर’ (विवाहमा आर्थिक सहयोग) लगायतका जनमुखी कार्यक्रम प्रभावित पार्न पनि संघीय सरकारले अनावश्यक हस्तक्षेप गरिरहेको आरोप लगाइन्।
प्रमुख प्रशासकीय अधिकृतको अभावले कृषक अनुदान, बहुपोषण कार्यक्रम, शिक्षा, स्वास्थ्य, सरसफाइ तथा अन्य विकास निर्माणका कामसमेत प्रभावित हुने अवस्था सिर्जना भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
-
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने
-
डेरी क्षेत्रको विकासका लागि पाँच वर्षीय रणनीतिक योजना बनाइने, सरकारसँग नीतिगत सुधारको माग
-
विधानको बाधा अड्काउ फुकाएर केन्द्रीय समिति समायोजनमा मिलेन कुरा
-
ई–भोटिङ मेसिनमाथि प्रश्न उठेपछि राम लक्ष्मणको ५ बुँदे प्रष्टीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण