गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
शनिबार, २२ वैशाख २०८१, २२ : १७
गुल्मी। गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । घटनामा एक जना महिला घाइते भएकी छन् ।
घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर रेसुंगा नगरपालिका १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी शंकर पोखरेलले रातोपाटीलाई बताए ।
उक्त घटनामा ५५ वर्षीया हुमकला राना घाइते भएको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पतालमा गुल्मीमा उपचार भइरहको छ । उनीहरुसहित ६ जना गाउँले माटो लिनका लागि चौराहास्थित माटोखानीमा पुगेको र माटो खन्ने क्रममा एक्कासी ढिस्को खसेर पुरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’
-
९५ प्रतिशत स्थानीय सरकारले ल्याए समयमै बजेट
-
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण