राप्ती नदीमा डुबेर युवतीको मृत्यु
शनिबार, २२ वैशाख २०८१, २२ : ३५
तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । लमही नगरपालिका–७ वनघुस्रीस्थित राप्ती नदीमा डुबेर राजपुर गाउँपालिका–२ मटेरिया निवासी २० वर्षीया सरिता चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार शनिबार दिउँसो गाउँका धेरै जना नुहाउन गएको अवस्थामा माइत आएकी सरिता पनि नदीमा नुहाउन गएकी थिइन् ।
त्यही क्रममा पानीमा पसेकी नाबालिकालाई बचाउन खोज्दा सरिता पानीमा डुबेकी हुन् । मृतकको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान
-
संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की
-
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु
-
लागुऔषध नियन्त्रण ऐनमा सशस्त्र प्रहरीको भूमिका स्पष्ट हुनुपर्छ: आईजीपी पौडेल
-
मनिष झाको रविलाई आग्रह : गुटबन्दी गर्नेलाई कारबाही गर्नुस्
-
लागुऔषध दुर्व्यसनीलाई अपराधी होइन, बिरामीका रूपमा हेरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण